aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड , बढी पाउनेले ५० कित्तासम्म पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड , बढी पाउनेले ५० कित्तासम्म पाए

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाड भएको छ । कम्पनीले आज विहान ७ः३० बजे विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्को कार्यालय टेकुमा गरेको बाँडफाँटमा ४० कित्तासम्म माग गर्ने सबै आवेदकले शेयर पाएका छन् । ५० कित्तासम्म शेयर माग गर्नें आवेदकमध्य ७७ हजार २४५ जनाले लक्की ड्र मार्फत थप १० कित्ताका दरले ५० कित्ता शेयर हात पारेका  छन् । ५० कित्तासम्म शेयर माग गर्नेले पहिलो चरणमा ४० कित्ताका दरले ३ लाख १३ हजार ६४८ जनाले शेयर पाईसकेका थिए ।

 सोही आवेदकहरुमध्य ७७ हजार २४५ जनाले थप १०  कित्ता शेयर पाएका हुन । विक्री प्रबन्धकका अनुसार १० कित्ता २७ हजार ७४८ जनाले , २० कित्ता १५ हजार ५९० जनाले , ३० कित्ता १२ हजार ७२३ जनाले, ४० कित्ता २० हजार ९२९ जनाले हात पारेका छन् ।

कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रू. १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता विक्री गरेको हो । यस वाहेक ७३ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ । यस आईपीओमा ३ लाख ९१ हजार ६२६ जनाको आवेदन परेकोमा ९८८ जनाको आवेदन रद्ध भएको कम्पनीको भनाई छ । यस  आधारमा ३ लाख ९० हजार ६३८ जनालाई शेयर बाँडफाँट गरिएको हो ।

विक्री बन्द भएको एक साताभित्र अर्थात चैत १४ गते बाँडफाँट गर्ने कम्पनीको योजना रहेपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै बाँडफाँट प्रकृया रोकिएको थियो  । हाल रू. ८ अर्ब ४० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आइपीओपछि रू. १० अर्ब चुक्तापूँजी पुगेको छ । 
 

हाल रू. ८ अर्ब ४० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आइपीओपछि रू. १० अर्ब चुक्तापूँजी पुग्नेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस