aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पुनर्बीमाको आईपीओमा तपाईंलाईं कति कित्ता पर्यो ? यहाँ चेक गर्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
पुनर्बीमाको आईपीओमा तपाईंलाईं कति कित्ता पर्यो  ?  यहाँ चेक गर्नुहोस्

 काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाड भएको छ । कम्पनीले आज विहान ७ः३० बजे विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्को कार्यालय टेकुमा गरेको बाँडफाँटमा ४० कित्तासम्म माग गर्ने सबै आवेदकले शेयर पाएका छन् ।

५० कित्तासम्म शेयर माग गर्नें आवेदकमध्य ७७ हजार २४५ जनाले लक्की ड्र मार्फत थप १० कित्ताका दरले ५० कित्ता शेयर हात पारेका  छन् । ५० कित्तासम्म शेयर माग गर्नेले पहिलो चरणमा ४० कित्ताका दरले ३ लाख १३ हजार ६४८ जनाले शेयर पाईसकेका थिए ।

 सोही आवेदकहरुमध्य ७७ हजार २४५ जनाले थप १०  कित्ता शेयर पाएका हुन । विक्री प्रबन्धकका अनुसार १० कित्ता २७ हजार ७४८ जनाले , २० कित्ता १५ हजार ५९० जनाले , ३० कित्ता १२ हजार ७२३ जनाले, ४० कित्ता २० हजार ९२९ जनाले हात पारेका छन् ।

रिजल्ट हेर्न तलकाे लिंक क्लिक गरि कम्पनी छान्नुहाेस् । त्यस पश्चात डिम्याट आइडी राख्नुहोस् र सर्च बटन थिच्नुहाेस तपाइलाई कति कित्ता पर्याे देख्न सक्नुहुनेछ ।

पुनर्बीमाको आईपीओमा तपाईंलाईं कति कित्ता पर्यो यहाँ Click गर्नुहोस

प्रतिक्रिया दिनुहोस