
न्यूयोर्क । अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री लगातार छैटौं पटक सुपर लयरमा पर्न सफल भएका छन । सन् १९८७ देखि अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको रेटिंग गर्ने संस्था सुपर लयरसले सन् २०१४ देखि लगातार यस बर्ष पनि सुपर लयरमा पारेका हुन ।
न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका प्रेसीडेण्ट रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका बिषयमा कानुनी सेवा दिंदै आएका छन । फोर्डधाम युनिभर्सीटीबाट जेडि गरेका क्षेत्रीले अमेरिकामा रहेर पनि नेपालका लागि समेत बिभिन्न समयमा ठुला मुद्दा जित्दै समेत आएका छन ।
लगातार छैटौ बर्षसम्म सुपर लयरमा पर्न सफल क्षेत्रीको क्षेत्री एण्ड एशोसिएट्स नामको ल फर्म रहेको छ । भएको अधिवक्ता क्षेत्रीसंगै लामो समयदेखि कार्यरत प्रशासक पिताम्बर भुसालले बताए ।
एनआरएन अभियानमा नागरिकता सम्बन्धी मुद्दामा लागिहेका क्षेत्री एनआरएन अमेरिकाको पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक समेत हुन । उनी नेपालको गुल्मी जिल्लाको सिर्सेनिमा जन्मेर हाल न्यूजर्सीमा बस्दै आएका छन ।
प्रतिक्रिया दिनुहोस