aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ऋण तिर्ने समय ६ महिना लम्ब्याउन नाडाको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ चैत्र २०७६
ऋण तिर्ने समय ६ महिना लम्ब्याउन नाडाको माग

काठमाडौं । ऋणको भाखा एक वर्ष बनाउन नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)ले माग गरेको छ । बिहीबार अनलाइनबाट बसेको (नाडा)को बैंठकले यो शुन्य समयको बेलाको बैंकको ऋणका किस्ता बुझाउने समय कम्तिमा ६ महिना गर्न र ऋणको किस्ता एक वषसम्म लम्ब्याउन माग गरेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । 

उनले भने, 'यो सुन्य समयका लागि सरकारले न्युनतम ब्याजको भाका र ऋणको किस्ताको समय लम्ब्याइदियो भने हामीलाई केहि राहत हुन्छ भन्ने हाम्रो बैंठकले ठहर गरेको छ ।'

यो लकडाउनको अवधिभरमा कर्मचारीको तलब समेत दिन नसक्ने अबस्था आइसकेकाले अब बैंशाख १५ गतेसम्म सबै अटोमोबाइल क्षेत्रका व्यावसायीहरुले पर्ख र हेरको अबस्थामा रहेको उनले बताए । 

बैंशाख १५ सम्म सरकारले लकडाउन लम्ब्याउन सक्ने हाम्रो अनुमान रहेकोले अब १५ बैंशाखसम्म कसैले पनि केहि योजना नबनाउनेमा पुगेको उनले बताए । यो स्थिति जेष्ठसम्म पनि लब्बिने देखियो भने कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अबस्थामा अटोमोबाइल क्षेत्र पुग्ने अध्यक्ष दुलालले आर्थिक न्युजडटकमलाई बताए । 

तत्कालका लागि सामान्य राहत बाढ्ने बाहेकका कुनै पनि काम व्यावसायीहरुले नगर्ने आज बिहानको बैंठकले गरेको छ उनले भने । त्यस्तै, भन्सारमा आएर रोकिएका करिब ७/८ सय गाडीरुको भन्सार क्लियर गर्ने समय असारमसान्त सम्म लम्ब्याउन समेत सरकारसँग माग गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस