aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाईफले कोरोना कोषलाई दियो ५१ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
नेशनल लाईफले कोरोना कोषलाई दियो ५१ लाख

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एकाउन्न लाख) प्रदान गरेको छ । आज कम्पनीको संचालक समितिका अध्यक्ष श्रीमती प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई  उपरोक्त रकम वरावरको चेक प्रदान गरेकी थिएन ।

 उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य  भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत  भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत  सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो । कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ । 

यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन कम्पनी सबैमा हार्दिक अनुरोध गर्दछ । 

प्रतिक्रिया दिनुहोस