aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

स्वाभिमान लघुवित्तको आईपिओ बाँडफांड, तपाइँलाई पर्यो कि परेन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
स्वाभिमान लघुवित्तको आईपिओ बाँडफांड, तपाइँलाई पर्यो कि परेन ?

स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।

आईपिओमा ३ लाख २७ हजार ७ सय १६ जनाले आवेदन दिएका थिए । जस मध्ये कुल २३० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  । बाँकि रहेका ३ लाख २७ ७ सय १६ योग्य आवेदक मध्ये बाट गोलाप्रथा मार्फत १८ हजार ५ सय ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्  ।  आईपिओमा ३२.५० गुणा बढी आवेदन परेको थियो । 

त्यस्तै २० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन्  ।  

 स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो  । बाँकि रहेको १ लाख ८५ हजार ५ सय ८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  । 

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी  ४ करोड २० लाख रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस