aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अब कनेक्ट आईपीएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ चैत्र २०७६
अब कनेक्ट आईपीएस  मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न Digital Payment System बाट भुक्तानी सुविधा दिँदै आएकोमा अब Connect IPS मार्फत पनि Online भुक्तानी गर्न सकिने छ । Connect IPS मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने भएको हो  । 

कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट Connect IPS मार्फत Online भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट Online भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम Digital Wallet हरु e-Sewa तथा Prabh Pay  बाट Online भुक्तानी भइरहेको छ ।

त्यस्तै Fone Pay मार्फत आप्mनो बैंक खाता Connect गरी र Nepal Investment Bank को Internet Banking मार्फत Online भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य Digital Payment System बाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस