
काठमाडौं । नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट १९ लाख १ हजार रुपैयाँ एवं कम्पनीको तर्फबाट ११ लाख रुपैयाँ गरि जम्मा ३० लाख १ हजार रुपैया सहयोग राशी योगदान गरेको छ ।
उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमल राज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस