
एजेन्सी । कोरोना भाइरस महामारीसँग सामाना गर्न विश्वभरीका विज्ञहरु र अन्य निकायहरु लागि परेका छन । कोरोनाको विरूद्धमा युद्ध गरिरहेका ’कोरोना भाइरस’ को बारेमा धेरै देशका सरकारले धेरै घोषणाहरू गरिसकेका छन । भारतको केन्द्र सरकारले कोरोना भाइरसका लागि ५० लाख रुपैयाँ भारुको मेडिकल बीमा घोषणा गरिसकेको छ ।
सरकारको यस बीमाको फाइदा २० लाख मेडिकल स्टाफ र कोरोनासँग प्रत्यक्ष काम गरिहेका योद्धालाई दिइनेछ जसमा आशा वर्कर्स, सरसफाईकर्मी, मेडिकल र प्यारा(मेडिकल स्टाफ छन् । त्यस्तै, निजी प्रयोगशाला र अस्पतालमा हुने कोरोना टेस्ट आयुष्मान भारत योजना अन्तर्गत गरिनेछ । यस योजनाका लाभाग्राहीहरूको उपचार र परीक्षण निःशुल्क गरिनेछ । यसले करिब ५० करोड जनता लाभान्वित हुने जनाइएको छ । भारतका धेरै राज्यहरूले कोरोना युद्धसँग सम्बन्धित कर्मचारीहरुलाई बीमा कभर प्रदान गर्ने घोषणा गरेका छन् जसमा प्रहरी, सुरक्षा गार्ड, सफाइसँग सम्बन्धीत कर्मचारी छन् ।
लकडाउनका कारण धेरै बीमा कम्पनीहरूले कोरोनाको डरलाई ध्यानमा राख्दै बीमा प्रस्ताव गरिरहेका छन् । रिलायन्स जनरल बीमा कम्पनीले कोरोड भाइरस सम्बन्धी कोभिड १९ सुरक्षा बीमा योजना शुरू गरेको छ । कोरोना पोजिटिभ दावीले १०० प्रतिशत कभर पाउनेछन, जबकि क्वारेन्टाइनले ५० प्रतिशत कभर पाउनेछ । यस बाहेक, कोरोनाको कारण जागिर गएमा पनि बीमा पोलिसीले कभर गर्ने छ ।
रिलायन्स सामान्य बीमा अनुसार, यो बीमा पोलिसी खरिद गर्नेले १५ दिनपछि दावी लिन सक्नेछन । ३ महिनादेखि ६० बर्षको जो कोहीले पनि यो पोलिसी लिन सक्नछन । २५ हजारदेखि २ लाख रुपैयाँसम्ममा बीमा गराउन सकिने छ । २५ हजार बीमा गर्दा बीमाको प्रमियम २२५ रुपैयाँ, ५० हजार रुपैयाँ बीमाको प्रिमियम, ४५२ रुपैयाँ, १ लाख रुपैयाँको बीमाको ९०३ रुपैयाँ प्रीमियम, २ लाख रुपैयाँको बीमा लिन १९०३ रुपैयाँको प्रीमियम एक पटक तिर्नु पर्छ ।
त्यस्तै, आईसीआईसीआई लोम्बारडले कोरोना बीमाको लागि ’कोविड १९ कभर नामको बीमा पोलिसी शुरु गरेको छ । जसमा १८ वर्षदेखि ७० वर्षसम्म उमेरका व्यक्तिले भाग लिन सक्ने छन । यस बीमा पोलिसीमा २५ हजारको पोलिसीका लागि १४९ रुपैयाँको प्रीमियम तिर्नु पर्छ ।
यसैगरि, फ्लिपकार्ट अनलाइन भुक्तानी सेवा प्रदायक फोनपेले बजाज अलयान्ज जनरल बीमाको सहकार्यमा कोरोना केयर नामको कोरोना भाइरस हास्पिटालाइजेशन बीमा पोलिसी शुरू गरेको छ । यस नीतिले १५६ रुपैयाँमा ५५ वर्षभन्दा कम उमेरका व्यक्तिले ५०,००० रुपैयाँको बीमा गराउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस