aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना बीमा पोलिसीः संक्रमण देखिएमा रकम पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ बैशाख २०७७
कोरोना बीमा पोलिसीः संक्रमण देखिएमा रकम पाउने

कोरोना बीमा पोलिसीः संक्रमण देखिएमा रकम पाउने 
काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको बीमा पोलिसि नेपालमा पनि सार्वजनिक गरिएको छ । बैशाख ४ गते बीमा समितिले कोरोना भाइरस सम्बन्धी बीमा पोलिसी जारी गनै निर्देशन दिएपछि निर्जीवन बीमा कम्पनीहरुले आइतबारदेखि यो पोलिसी सार्वजनिक गर्न लागेका हुन । 

उक्त पोलिसीका लागि नेपाल इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसबाट पर्ने आर्थिक भार कम गर्न भनेर बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले एक लाखको बीमाको लागि एकल व्यक्तिका लागि १ हजार र परिवारले नै बीमा गर्ने हो भने थप ६ सय रुपैयाँ बीमा शुल्क तिर्न पर्ने हुन्छ । त्यस्तै ५० हजार रुपैयाँ बीमाको लागि एकल व्यक्तिले ५ सय र परिवारको नै बीमा गरेमा थप ३ सय रुपैयाँ बीमा शुल्क तिर्न पर्ने हुन्छ । 

आइतबारदेखि सबै निर्जीवन बीमा कम्पनीहरुले जारी गर्ने यो पोलिसीले बीमा गरेको १५ दिनसम्मको वेटिंग पिरियड राखेको नेपाल इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले जानकारी दिए । उनले भने, यो महामारीका लागि सबै बीमा कम्पनीहरुले हुन सक्ने क्षतिमा केहि भएपनि राहत हुन सक्ने हिसाबले जारी गरेको पोलिसी हो । 

बीमा समितिले गत हप्तामात्र कोरोना भाइरसलाई समेट्ने गरि बीमा पोलिसी जारी गर्न निर्देशन जारी गरेको थियो । यो बीमा पोलिसी खरिद गर्ने ग्राहकले पोलिसी खरिद गरेको १५ दिनपछि कोरोना भाइरसबाट संक्रमित भएमा बीमा पोलिसिमा उल्लेख भए अनुसारको रकम तत्कालै पाउने गरि व्यबस्था गरिएको नायव महाप्रबन्धक पाण्डेले जानकारी दिए ।  

लकडाउनेको परिस्थितिलाई मध्यनगर गर्दै नेपाल इन्स्योरेन्स कम्पनीले अनलाइन सेवाबाटै फर्म भर्न र पोलिसी खरिद गर्न पनि मिल्ने प्रणाली बनाएको नायव महाप्रबन्धक पाण्डेले जानरकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस