
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सात लाख ५० हजार रुपैयाँ कोरोना कोषमा सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग गरेको जनाएको छ ।
सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा नेपाल सरकारबाट भैरहेको प्रयासमा तोकिएको ीयअपमयधल अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता तथा संयमता अपनाइदिन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस