
हिमालय दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको १६ कित्ता साधारण शेयर(आईपिओ) निष्कासन यहि जेठ १४ गतेदेखि खुला गर्ने भएको छ । यस कम्पनीको आईपीओमा कम्तिमा १० कित्ता र बढीमा १ लाख कित्ता शेयर भर्न पाइने छ । आईपिओ निष्कासन बन्द मिति छिटोमा जेठ २८ र ढिलोमा असार १३ गते तोकेको छ ।
आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी गर्न लागेको आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । हिमाल हाइड्रोको केन्द्रीय कार्यालय जावालाखेल, ललितपुरमा रहेको छ । इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन रहेका छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् ।
हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १०% सेयर स्थानियको लागि जारी गर्न लागेको हो । यसमा सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस