
काठमाडौं, जेठ ६ । हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले मल्टीप्रपोज फाइनान्स र जनउत्थान लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर जारी गन अर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डबाट स्वीकृती पाएसँगै मल्टी प्रपोज फाइनान्सले १ बरावर ८ दशमलव ६४ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।
त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस