
काठमाडौं । जनसेवी लघुवित्तले सर्वसाधारणलाई जारी गरेको आज आईपीओ बाँडफाँड गरेकोे छ । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ३२ हजार ९ सय ९० कित्ता आईपीओ जारी गरेको थियो । आईपीओ ४३ हजार २९९ जना आवेदकले १० कित्ता शेयर पाएका छन् ।
यस आईपीओमा ६० लाख ७९ हजार १४० कित्ताको लागि आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणलाई जारी गरेको आईपीओबाहेक ७ हजार १४५ कित्ता शेयर कर्मचारीको लागि र २३ हजार १ सय ६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । आईपीओ बाँडफाँडपश्चात कम्पनीको पुँजी १४ करोड ४३ लाख पुगेकोछ । यसैबीच कम्पनी कालिका लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता भएको छ ।
प्रतिक्रिया दिनुहोस