aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्सको आईपीओले पायो रेटिङ्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
सानिमा जनरल इन्स्योरेन्सको आईपीओले पायो रेटिङ्ग

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई ३० लाख कित्ता आईपीओ जारी गर्न प्रकृया अघि बढाएको छ । गत माघ २४ गते दोस्रो वार्षिक साधारण सभा मार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको कम्पनीले रेटिङ्ग सम्पन्न गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो ।

हाल संस्थापकबाट  ७० करोड रुपैयाँ शेयरपूँजी चुक्ता गरिसकेको कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरी  १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न लागेको हो । चालू आर्थिक वर्षभित्रै आईपीओ जारी गरिसक्ने गरी कम्पनीले प्रकृया अघि बढाएको जानकारी दिएको छ । 

यस कम्पनीको आर्ईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने केयर एनपी बीबी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले यस अघिनै आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

यस कम्पनीले २०७५ साल असार २७ गतेदेखि विधिवत रुपमा कारोबार सुरु गरेको थियो ।  रेटिङ्ग कार्य सम्पन्न गरेको कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि अनुमित माग्नेछ । यसका लागि आवश्यक तयारी कम्पनीले गरिरहेको जानकारी दिएको छ । 

प्रतिस्पर्धी नेपालको बीमा बजारमा आफुलाई स्थापित गर्न सफल यस कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ८२ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २१ हजार ७९२ बीमालेख जारी गरेको छ । यस अवघिसम्म कम्पनीले  १७ करोड ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस