aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दाना नपाउँदा माछा मर्न थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
दाना नपाउँदा माछा मर्न थाले

रौतहट ।  बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो । उक्त पोखरीमा झण्डै १० लाख बराबरको माछा रहेको यादवद्वयको भनाइ छ ।

यसैबीच बौधिमाई नगरपालिका वडा ७ बंकुुलचौकस्थित होटेल रजनी मिट हाउमा बुुधबार राति भएको आगलागीको क्षतिको विवरण सङ्कन भइरहेको छ । 

बोर्डर आउटपोष्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा गएको टोलीले र गाँउलेहरु मिलेर आगलागी नियन्त्रण गराएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस