aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चैतमा चार कम्पनीको ६९ लाखभन्दा बढी कित्ता नयाँ शेयर थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
चैतमा चार कम्पनीको ६९ लाखभन्दा बढी कित्ता नयाँ शेयर थपियो

काठमाडौं । चैत महिनामा मात्र शेयर बजारमा चार कम्पनीको ६९ लाख २४ हजार ३११ दशमलव ६२ कित्ता शेयर थपिएको छ । चार दिन मात्र कारोबार भएको चैत महिनामा चार कम्पनीको बोनस शेयर कारोबार योग्य भएका हुन ।

यस महिना कृषि विकास बैंकको ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता , आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता, गणपति लघुवित्त वित्तीय संस्थाको ७२ हजार ४५० कित्ता र आरएमडिसी लघुवित्तको ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता बोनस शेयर बजारमा थप भएको हो ।

देशमा जारी लकडाउनका कारण प्राथमिक तथा दोस्रो शेयर बजार प्रभावित बनिरहेको अवस्थामा शेयर सूचीकरण प्रकृया पनि प्रभावित भएको छ । चैत २८ गते बाँडफाँट भएको नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० हजार कित्ता शेयर लकडाउनका कारण सूचीकृत हुन सकेको छैन् । 

यद्यपी कम्पनीले लकडानकै विच सूचीकृत गरी लकडाउन पश्चात कारोबार गर्न मिल्ने बनाउन प्रयासरत रहेको बताएको छ । यो सँगै कतिपय कम्पनीको पारित बोनस शेयर , विक्री गरिसकेको हकप्रद शेयर , ऋणपत्र समेत सूचीकरण हुनसकेका छैनन् । यद्यपि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार बन्द भए पनि शेयर सूचीकरण गर्न सकिने बताएको छ ।

 नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले नेप्सेले सूचीकरण र कम्पनीको सुचना सार्वजनिक गर्ने कार्य भने खुला गरेको बताएका छन् । तर नेप्सेको वेवसाइडलाई हेर्दा वैशाख ३ गतेपछि नेप्सेमा कुनै पनि सूचना अपडेड भएको छैन् ।
 

प्रतिक्रिया दिनुहोस