aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सद्वारा १२५७ जना कर्मचारीहरुको कोरोना बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
अजोड इन्स्योरेन्सद्वारा  १२५७ जना कर्मचारीहरुको कोरोना बीमा

काठमाडौं । अजोड इन्स्योरेन्सद्वारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाईरस बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १२५७ जना कर्मचारीहरुका लागि एक लाख बीमाड्ढको बीमालेख खरिद गरेको हो ।

 सो बीमालेखले कोरोना भाईरसको संक्रमण भएको भनि PCR Test Positive पुष्टि हुंनासाथ बीमाड्ढ रकम बराबरको एक लाख रुपैयाँ बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ ।

उक्त बीमालेख वापत भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २०० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेको छ । साथै अजोड इन्स्योरेन्सले महुली लघुवित्त वित्तिय संस्थाका २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख रुपैयाँ बीमाड्ढको कोराना बीमालेख जारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस