
काठमाडौं । कोरिया भाषा परीक्षा पास गरेर बसेका कामदारलाई दक्षिण कोरिया पठाउने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरिया र नेपाल सरकारको सहमतिमा कामदार पठाउने निर्णय गरेको अर्थमन्त्री तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
कोरियाको भिषा आएर पनि जान नपाएका कामदारलाई प्रक्रिया पुर्याएर बठाउने निर्णय भएको सूचना प्रविधि तथा सञ्चार मन्त्री डा. खतिवडाले बताएका छन् । सरकारले माघको अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार कोरियामा काम गर्न जाने क्रममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस