
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा गर्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड–१९) रोगको संक्रमणबाट आर्थिक सुरक्षाप्रदानगर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड बिमा गर्ने निर्णय गरेको जनाएको छ ।
कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्तिरु. १ लाख बराबर बीमाङ्कको लागि हालै बीमा समितिबाट सञ्चालनमा ल्याएको कोरोनाभाइरस (कोभिड–१९) रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस