
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सिमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपन गरेको छ। केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७/७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो।
अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आवको बजेट अर्धवार्षिक समीक्षामा बजेट र राजस्व संशोधन गरे पनि आर्थिक वृद्धि भने लक्ष्य अनुसार नै दावी गरेका थिए । मन्त्री खतिवडाले त्यतिबेला पुँजीगतबजेर्ट करिब २० प्रतिशत र राजश्वको लक्ष्य करिब ५ प्रतिशतले घटाएका थिए । तर,त्यति बेला उनले आर्थिक वृद्धि भने लक्ष्य अनुसार साढे आठ प्रतिशत नै राखे । लगातार तीन वर्षसम्म आर्थिक वृद्धिदर ६ देखि करिब आठ प्रतिशतको हाराहारीमा भएकोले उनले आर्थिक वृद्धिको लक्ष्य संशोधन गर्न आवश्यक ठानेन् ।
उनको यो महत्वकांक्षीलाई पासा पल्टाइ दियो कोरोना भाइरसले । कोरोनाको असरको पूर्ण मूल्यांकन नै हुन नपाइ आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्यो । सायद कोभिड–१९ को प्रकोप नदेखिएको भए उनले अनुमान गरे भन्दा केही तल आर्थिक वृद्धिदर पुग्थ्यो होला । तर, उनले गरेको कामको जस भने लिन पाएनन् ।
देशमात्र नभइ विश्व मै विषम परिस्थिति सिर्जना भयो र त्यसको मारमा नेपाली अर्थतन्त्र पनि पर्यो । सो कारण गत आवको भन्दा आर्थिक वृद्धिदर ४.४८ प्रतिशतले कम हुने प्रक्षेपण आयो । विभागका अनुसार गत आवको आर्थिक वृद्धिदर ६.७५ प्रतिशत रहेको संशोधित तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको छ ।
भूकम्पको गएको आर्थिक वर्षमा पनि २.९७ प्रतिशतमात्र आर्थिक वृद्धि कायम रह्यो भने त्यसको असर त्यहि आवमा मात्र रहेन आगामी आवमा अझ झरेर ०.२ प्रतिशतमा आर्थिक वृद्धिदर कायम रहेको थियो । त्यति बेला भूकम्पको घाउ निको नहुँदै भारतले सीमा नाका बन्द गरेका कारण नेपालले धेरै विपद्को सामना गर्नु पर्यो । सो मूल्यांकनको आधारमा आगामी आवमा पनि उच्च आर्थिक वृद्धिदर हुन त्यति सम्भव देखिदैन ।
विश्वभरी महामारीका रुपमा रहेको कोभिड–१९ को असर न्यून गर्नका लागि अवलम्बन गरिएका अन्तरिक तथा बाह्य प्रयासहरुको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिने विभागले जनाएको छ । कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको २८.२ प्रतिशत योगदान गरेको प्रारम्भिक अनुमान गरेको छ। त्यस्तै, निर्माण, उद्योग र विद्युत, ग्यसा तथा पानी क्षेत्रको योगदान १३/७२ प्रतिशत छ।
होटल र रेष्टुरेन्टको योगदान १.४१ प्रतिशत रहेकोमा यसवर्ष यस क्षेत्रको बृद्धि दर १६.३ प्रतिशतले ऋणात्मक हुने छ। यातायात तथा सञ्चार पनि २.४५ प्रतिशतले ऋणात्मक हुने देखिएको छ।
प्रतिक्रिया दिनुहोस