aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै ज्योति लाईफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै ज्योति लाईफ

काठमाडौं । लकडाउनको अवधिमा नै ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आ.व.को तेश्रो त्रयमासमा कुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धी गर्दै  १.१४ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

 कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ भने अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धीको बाबजुद कम्पनीले खुद नाफामा समेत १४ प्रतिशतले सुधार गर्दै  ११.५१ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्कीय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । । 

व्यवसाय तथा बीमितको संख्या वृद्धी संगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबी वापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रो त्रयमासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धी भइ ३७.३९ करोड रुपैयाँ कायम हुन गएको देखिन्छ भने जिवन बीमा कोषमा १९१ प्रतिशतले वृद्दी भइ  १.४० अर्ब रुपैयाँ रहेकोे देखिन्छ ।

कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामि दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न गरिएको छ  ।  

    
 

प्रतिक्रिया दिनुहोस