aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाईफ इन्स्योरेन्सले बीमा दवी डिजिटल माध्यमवाटै उपलब्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
नेशनल लाईफ इन्स्योरेन्सले बीमा दवी डिजिटल माध्यमवाटै उपलब्ध

काठमाडाेैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरुलाई डिजिटल माध्यमवाट विविध बीमासेवा उपलब्ध गराउदै आएको जनाएको छ । 

लकडाउनकै अवधिमा कम्पनीले पूर्णावधि दावी (Maturity Claim) वापत रु. १ करोड ८४ लाख ४१ हजार ९८५ रकम बीमितलाई भुक्तानी गरेको जनाएको छ । 

कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ । 

नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेकोसमेत जनाएको छ । 

सो रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने ब्यवस्था रहेको छ । 

यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस