
काठमाडौं । कोरोना–१९ का कारण नेपालको ८० प्रतिशत मजदुरको रोजगारी खोसिएको छ । कोरोना भाइरसका संक्रमणबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न गरेको लकडाउका कारण दैनिक ज्याला मजदुरी गर्नेदेखि उद्योग कलकारखानामा काम गर्ने मजदुरको रोजगारी खोसिएको हो । रोजगारी खोसिदा उनीहरू भोगभोकै बस्नु परेको संयुक्त आधिकारीक ट्रेड युनियन समन्वय केन्द्र (जीआईयूसीसी) का अध्यक्ष पुष्कर आचार्यले बताए । उनीहरूको पहुँत नहुँदा राहतसम्म नपाएको उनले गुनासो गरे । सरकारले मजदुरको मर्का बुझेन । तत्कालका लागि उनीहरूलाई बचाएर वैकल्पिक कामको सिर्जना गर्नुपर्ने उनले बताए ।
‘उद्योगधन्दा बन्द भएपछि आम मजदुरले चैत महिनाको तलव समेत पाएका छैनन्,’ उनले भने ‘श्रमिक परिवार तथा भोगभोकै बस्न बाध्य भएको छ । ‘महामारीको मारमा सबै मजदुर परेपनि विशेष गरी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर परेका छन् । हाल नेपालमा एक करोड ४० लाख मजदुर छन् । सोमध्ये ४० लाख वैदेशिक रोजगारीमा छन् भने ३० लाखजति भारतमा सिजनल काम गर्न जान्छन् । वाँकी रहेका श्रमिकमध्य १० प्रतिशत संगठित क्षेत्रमा छन् भने अन्य सबै असंगठित क्षेत्रमा रहेको अध्यक्ष आचार्यले बताए । सो श्रमिकमध्य ८० प्रतिशत अहिले रोजगारी विहिन भएका छन् ।
कोरोनाले विश्वका एक अर्ब ६० करोड मजदुरको रोजीरोटी खोस्यो, गरिबी बढ्ने आईएलओको अनुमान
कोभिड–१९को महामारी कारण विश्वका एक अर्ब ६० करोड मजदुरको रोजीरोटी खोसेको छ । यो महामारीका कारण भएको लकडाउकाले विश्वभरका दुई अर्ब ७० करोड मजदुर प्रभावित बनेका छन् भने करिब एक अर्ब ६० करोड मजदुरले रोजगारी गुमाएका छन् ।
संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्र्रािट्रय श्रम संगठन (आईएलओ) ले कोरोनका कारण एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसिएको जनाएको हो । अनौपचारिक क्षेत्रका मजदुरको रोजगारी खोसिदा गरिबी बढ्न सक्ने अनुमान आईएलओले गरेको छ ।
महामारीको सबैभन्दा ठूलो मार अनौपचारिक क्षेत्रमा परेको छ । आईएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसिएको छ । कोरोनाले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको बाँच्ने आधार नै खोसेको छ । कोरोनाको असर निश्चित समयावधिको लागिमात्र नभइ व्यापक, दूरगामी पर्ने देखिएको छ ।
क्षेत्रगत उद्यम तथा व्यवसायका हिसाबले खुद्रा व्यापारको क्षेत्रका ७० प्रतिशत, होटेल तथा रेस्टुराँ क्षेत्रका ६० प्रतिशत कामदारको अवस्था जोखिमपूर्ण बनेको छ ।
न्यून–मध्यम आय भएका मुलुक र न्यून आय भएका मुलुकको अनौपचारिक क्षेत्रका कामदारको आय ८२ प्रतिशतले घटेको छ । उच्च–मध्यम वर्गका मुलुकमा अनौपचारिक क्षेत्रका कामदारको आय २८ र आम्दानी उच्च भएका मुलुकका यस्ता कामदारको आय ७६ प्रतिशतले घटेको आईएलओको प्रतिवेदनमा उल्लेख छ ।
न्यून–मध्यम आय भएका मुलुक र न्यून आय भएका मुलुकको अनौपचारिक क्षेत्रका कामदारको आय ८२ प्रतिशतले घटेको छ । उच्च–मध्यम वर्गका मुलुकमा अनौपचारिक क्षेत्रका कामदारको आय २८ र आम्दानी उच्च भएका मुलुकका यस्ता कामदारको आय ७६ प्रतिशतले घटेको आईएलओको प्रतिवेदनमा उल्लेख छ ।
महामारीको प्रभावबाट रोजगारदाता पनि उत्तिकै प्रभावित बनेका छन् । विश्वका कुल रोजगारदातामध्ये ५४ प्रतिशत अर्थात् ४ करोड ७० लाख रोजगारदाता महामारीको कडा मार पारेको आईएलओले बताएको छ । आईएलओका अनुसार ४३ करोड ६० लाख उद्यम व्यवसाय महामारीका कारण जोखिममा परेका छन् । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी प्रभाव होलसेल तथा रिटेल व्यवसायमा परेको छ । यो क्षेत्रका २३ करोड २० लाख व्यवसाय आम्दानीविहीन बनेका आईएलओको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै उत्पादनशील क्षेत्रका ११ करोड १० लाख, होटेल एवं रेस्टुराँ पाँच करोड ५० लाख, रियल स्टेट र अन्य क्षेत्रका चार करोड २० लाख उद्यम व्यवसाय आम्दानी विहीन बनेका छन् । यो क्षेत्रमा एक अर्ब २५ करोड कामदार काम गर्छन । जुन विश्वको कुल कार्यबलको ३८ प्रतिशत हो ।
विश्वभर पारिश्रमिक न्यून हुने अर्थात रोजगारीको कुनै सुरक्षा नभएका होलसेल र रिटेल व्यापारको क्षेत्रमा ४८ करोड २० लाख मानिसले काम गर्दै आएका थिए । उत्पादनशील उद्योगमा ४६ करोड ३० लाख कामदार छन् भने यातायात, स्टोरेज र सञ्चार उद्योगमा काम गर्नेको संख्या २० करोड ४० लाख छ ।
यस अवधिमा भौगोलिकताका अनुसा रअफ्रिका र ल्याटिन अमेरिकी कामदारको आय ८१ प्रतिशतले घट्दा एशिया प्रशान्तको २० प्रतिशतले कामदारको आय घटेको छ । युरोप र मध्य एसियामा ७० प्रतिशत घटेको छ । सबैभन्दा कम एसिया प्रशान्त क्षेत्रमा अनौपचारिक क्षेत्रका कामदारको आय २० प्रतिशत घटेको छ ।
प्रतिक्रिया दिनुहोस