aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तरकारीकाे मूल्यमा अंकुश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
तरकारीकाे मूल्यमा अंकुश

अर्घाखाँची । लकडाउनका समयमा तरकारीको मूल्य अत्यधिक भएको गुनासो आएपछि जिल्लामा यसको मूल्य निर्धारण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण गरिएको हो । तरकारीको मूल्य महंँगिएको भन्दै सन्धिखर्कका व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल्दै आएका थिए ।

जिप्रका र तरकारी व्यापारीबीच खरीद र ढुवानी मूल्यसहितको मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा राखी बेच्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले बताए । 

कोरोना भाइरसका कारण गरिएको लकडाउनले तरकारी अभाव भएपछि अर्घाखाँचीमा कपिलवस्तुबाट तरकारी आयात गरिएको छ । 

पहिलो चरणमा तरकारी अभाव भएपछि कपिलवस्तु, रामघाटबाट ब्रोकाउली, बन्दा, टमाटर, गाजर, लौका, खुर्सानी, सिमीलगायत १० टन तरकारी जिल्लामा भित्र्याइएको तरकारी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष रामहरि घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस