aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्स्योरेन्सले १३ करोडभन्दा बढी नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
नेपाल इन्स्योरेन्सले १३ करोडभन्दा बढी नाफा कमायो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म १३ करोड ६ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले २ दशमलव ६३ प्रतिशतले नाफा बढाएको हो ।

यस वर्ष ६ दशमलव ४० प्रतिशत बढी २३ करोड ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीको जगेडा कोष रकम ३४ करोड ५८ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ५ दशमलव २६ प्रतिशत कम कायम भएको हो । 

हकप्रद र बोनस शेयर मार्फत ७७ प्रतिशतले चुक्तापूँजी बढाएर  १ अर्ब ९ करोड ५५ लाख ३७ हजार रुपैयाँ पु¥याएको छ । कम्पनीको बीमा कोष रकम ४० प्रतिशत बढी  ३६ करोड ४७ लाख १० हजार रुपैयाँ कायम भएको छ । यो तेस्रो त्रैमाससम्म ८५ करोड ८९ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

कम्पनीले यस अवधिसम्म ६ हजार ६०३ वटा बीमालेख नबिकरण गरेको छ भने १ लाख १६ हजार ९४४ वटा बीमालेख जारी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ३२ र प्रतिशेयर नेटवर्थ  १६४ दशमलव ८६ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस