aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रवेश २ बाट बागमति प्रदेश नाकामा टनेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
प्रवेश २ बाट बागमति प्रदेश नाकामा टनेल

काठमाडौं । प्रदेश दुईबाट वाग्मती प्रदेश प्रवेश गर्ने नाकामा सवारी साधन विषाणुरहित बनाउन स्यानिटाइजिङ्ग टनेल निर्माण गरिएको छ ।वाग्मती प्रदेश सरकारले निर्माण गरेको टनेलको आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए । पूर्वपश्चिम राजमार्गको रातोमाटेमा स्वचालित प्रविधिबाट चल्ने  स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याइएको हो । 

मुख्यमन्त्री  पौडेलले वाग्मती प्रदेशसंग जोडिएका तथा अन्य प्रदेशबाट वाग्मती प्रदेश प्रवेश गर्ने सबै नाकाका सडकमार्गमा सवारीसाधनको स्यानिटाइज गर्नेगरी काम भइरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस