aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ जारी गर्ने तयारीमा रहेको सानिमा लाईफले ६३ प्रतिशत बढी बीमाशुल्क आर्जन गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
आईपीओ जारी गर्ने तयारीमा रहेको सानिमा लाईफले ६३ प्रतिशत बढी बीमाशुल्क आर्जन गर्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा लाइफ इन्स्योरेन्सले  ५७ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ  । गत वर्ष यसै अवधिसम्म कम्पनीले रू। ३५ करोड ७१ लाख बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षभन्दा करिब ६३ प्रतिशत बढी बीमाशुल्क कम्पनीले आर्जन गरेको हो । 

यस त्रैमासमा कम्पनीले  ७ करोड ६९ लाख ९८ हजार  रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष कम्पनीले  ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ  खुद नाफा कमाएको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा शून्य दशमलव २० प्रतिशतले बढेको हो । सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको यस कम्पनीको हाल १ अर्ब ४० करोड रुपैयाँ  रहेको छ । कम्पनीले सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरी २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नेछ । 

तेस्रो त्रैमाससम्म कमपनीको जगेडा कोषमा ११ करोड ८७ लाख ५९ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष १० प्रतिशतले कम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा  १३ करोड २० लाख ७९ हजार रुपैयाँ रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा ७७ करोड २३ लाख ७५ हजार रुपैयाँ  र महाविपत्ति कोषमा १ करोड ३१ लाख ९५ हजार रुपैयाँ  रहेको छ ।

यस वर्ष कम्पनीले बीमालेख धितोमा २ करोड १० लाख ८९ हजार रुपैयाँ  कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले बीमालेख धितोमा कर्जा प्रवाह गरेको थिएन । तेस्रो त्रैमाससम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या २३ हजार २७१ रहेको छ । यो संख्या गत वर्ष यसै अवधिमा कुनै पनि बीमालेख जारी गरेको थिएन । 

यस वर्ष कम्पनीले २० जनालाई  ९२ लाख ७ हजार रुपैयाँ  दाबी भुक्तानी गरेको छ । यो कम्पनीले २०७४ मंसिर २८ गतेदेखि कारोबार सुरु गरेको हो । कम्पनीले मंगलवार तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस