aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लाइसेन्स नभएका र मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउदा गौशालामा दूर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
लाइसेन्स नभएका र  मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउदा गौशालामा दूर्घटना

 काठमाडौं । गौशालामा साढे तीन बजे एम्बुलेन्स दूर्घटनामा भएको छ । सडकखण्डमा मित्रपार्कबाट एयरपोर्ट तर्फ आउदै गरेको बा १० च ८५१३ नं. को निजी कारलाई विपरित दिशाबाट आएको बा ८ छ ६९२८ नं.को एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 उक्त घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुबै सवारी साधनमा क्षति भएको, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक मोरङ जिल्ला पथरी नगरपालिका बस्ने बर्ष ३६ को राम बहादुर चौधरीले अत्याधिक मादक पदार्थ सेवन गरि एम्बुलेन्स चलाएको र साथमा सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको प्रहरीले जनाएको छ । 

 त्यस्तै, निजी कार चालक काठमाडौं गोगबुं बस्ने सविन श्रेष्ठले चलाएको निजी कारसँग एम्बुलेन्स ठोकिएको थियो । दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस