
काठमाडौं । बुधबार सरकारले लकडाउनलाई केहि खुकुलो बनाएसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनमा नयाँ नियम बनाएको छ । मन्त्रीपरिषद बैठकबाट पास गरिएको उक्त नियममा उपत्यका प्रवेश गर्ने मालबाहक सवारी साधानले यात्रु राख्न नपाउने व्यबस्था गरेको छ ।
त्यस्तै, प्रवेश विन्दुमा त्यस्ता सवारी साधनका सवारी चालक र सहयोगीको नाम, जन्ममिति, काठमाडौं प्रवेश गरेको र फर्केको मितिसहित विवरण राखिने छ ।
उक्त सवारी साधन काठमाडौंबाट फर्किदा उक्त विवरणमा रहेको व्यक्ति भए नभएको जाँच गर्ने र जाँच गर्दा प्रवेश गर्दा भन्दा फरक व्यक्ति भेटिएमा सवारी साधन नियन्त्रणमा लिइ कारबाहि गरिने उल्लेख छ ।
एम्बुलेन्सको दुरुपयोग गर्नेलाई पनि कारबाही गरिने भएको छ । त्यस्तै सरकारले अत्यावश्यक कामका लागि दिइने सवारी साधनको पास पनि घटाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस