aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

वर्कशप खोल्न नाडाका १८ बुँदे निर्देशन, मास्क नलाउने वर्कशप प्रवेशमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
वर्कशप खोल्न नाडाका १८ बुँदे निर्देशन, मास्क नलाउने वर्कशप प्रवेशमा रोक

काठमाडौं । बुधबार मन्त्रिपरिषदको बैठकले लकडाउनको म्याद थप गरेसगै कूल ४४ किसिमका उद्योग र व्यवसायहरु खोल्ने निर्णयलाई नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले स्वागत गरेको छ । 

सुरक्षाकर्मी तथा स्वास्थकर्मिका सवारी साधनहरु मर्मतका लागि अति आवश्यक हुने वर्कशप, सर्भिसिंङ्ग सेण्टर सञ्चालनका लागि अवश्यक पर्ने सुरक्ष अपनाउन निर्देशन दिएको छ । कम्पनी प्रतिष्ठानहरुलाई आफनो उद्योग व्यवसाय, वर्कशप, सर्विस सेण्टर र स्पेयर पार्टस लगायत टायरटयूव, लुव्रिकेण्टस र व्याट्रिहरु डेलिबरी यी सुरक्षाका विधिहरु अपनाउन अनुरोध गरेको छ । 

१.    नाडाबाट जारी गरिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई पनि बचाउन पालना गर्नु पर्ने गाइडलाइनलाई अनिवार्य रुपमा             पालना गर्नु पर्ने ।

२.    प्रथमतः आफु सुरक्षित हुने तत्पश्चात आफनो व्यवसायलाई पनि सुरक्षित गर्दे सरकारको कदमलाई पूर्णतः सहयोग गर्नु पर्ने ।        
३.    खाना, खाजा र चिया संभव भएसम्म घरबाटै ल्याएर खाने । संभव भएसम्म केक, आइसक्रिम र अण्डाको प्रयोग नगर्ने । चिया कफी खाँदा           डिसपोजेवल कपको प्रयोग गर्ने । पानीका लागि साना 
        प्याकेज वोटलहरु मात्र प्रयोग गर्ने । 
४.    पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा अनिवार्य रुपमा पञ्जा र सेनेटाइजरको प्रयोग गर्ने ।
५    कुनै पनि सामान वा बस्तु पञ्चा लगाएर मात्र छुने । तत्पश्चात पनि साबुन पानीले वा सेनिटाइजरले राम्रोसंग हात धुने । साबुन पानीको प्रयोग           गर्दा साधारणतया २० सेकेण्डसम्म दुईवटा हात  रगडेर धुने ।
६.    संक्रमणबाट बच्न उच्चतम उपायको रुपमा मानिएको र ठानिएको Social Distancing  लाई कडाइकासाथ पालन गर्ने । हाच्छिउ                      आउदा रुमाल वा आफनो बाहुलाले नाक छोप्ने । Social Distancing को दुरी १.५ मिटर हुनु पर्ने । कामको हरेक चरणमा Social                 Distancing लाई कडाइका साथ पालन गर्ने । दुई  सिटको विचमा पर्याप्त दुरी कायम राख्ने ।
७.    हरेक काममा मास्क र पञ्जा अनिवार्य रुपमा प्रयोग गर्ने । सामान छुनु अगावै र सामान गन्तव्य राखेपछि स्यानीटाइजर प्रयोग गर्ने ।                    संञ्चारको मूख्य साधनको रुपमा मोवाइल र कप्यूटरको अधिकतम प्रयो गर्ने ।
८.     स्पेयर पार्टस, लुव्रिकेण्टस, व्याट्रि, एसेसरिज, टुल्स र मेशिनहरु लगाएतका विभिन्न बस्तुहरु छुदा अनिवार्य रुपमा पञ्जा वा सेनिटाइजरको          प्रयोग गर्ने । सकेसम्म म्ष्कउयकबदभि पञ्जाको प्रयोग गर्ने र घरमा फर्के पछि घर वाहिरको डष्टविनमा राख्ने वा जलाउने । वर्कसपहरुमा            सकेसम्म एसिको प्रयोग नगर्ने र अधिकतम रुपमा भेन्टीलेशनको व्यवस्था गर्ने ।
९.    सकेसम्म आफनो हातले आँखा, कान, नाख र मुख नछुने । कसैसंग पनि हात नमिलाउने र नमस्कार मात्र गर्ने ।
१०.    घरमा लगेको खानेकुरा वा अन्य सामानहरु तातो सावुन पानीले वा सेनिटाइजरले धुने र ४/५ घण्टा वाहिर घाममा सुकाउने । धुन र                   पखाल्न मिल्ने वा पकाएर खान मिल्ने खानेकुराहरु मात्र प्रयोग गर्ने ।
११.    आफुले दिन भर पसल, वर्कशप र अफिसमा लगाएको लुगा घर वाहिरै राखेर धुने । सर सफाईलाई उच्च प्राथमिकता दिने ।
१२     वर्कशप, पसल वा अफीसहरुमा सकेसम्म आलोपालो गरेर बस्ने । अफीसका ढोका, ह्याण्डिल, वासरुम स्यानीटाइज्ड गर्ने ।
१३.    आफनो निजी सवारी साधनहरुलाई पनि सेनिटाइज्ड गर्ने अर्थात डिस इन्फेसनाइज्ड गर्ने ।
१४.    कार्यालय, पसल र वर्कशपमा आउने ग्राहकहरुले पनि अनिवार्य रुपमा मास्क र पञ्जाको प्रयोग गरेको हुनु पर्ने । त्यस्तो व्यवस्था नगरेको             ग्राहकलाई प्रवेशमा नै रोक लगाउने । गाडि वाशिङ्ग गर्ने 
        कर्मचारीले हर समय पिपिई लगाउने ।
१५    सकेसम्म कम्तिमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्टस वा अन्य सामानहरु विक्री गर्ने ।
१६.    वर्कशपहरुले ढोकैबाट सेवा दिने र त्यहीबाटै आउने जाने सकिने व्यवस्था मिलाउने । मेकानिक्सले विशेष शुरक्षा अपनाउने 
१७    काममा जाने सवैले टाढैबाट प्रयोग गर्न मिल्ने इन्फ्रारेड थर्मामिटरको प्रयोग गर्ने यदी आफनो शरीरको तापक्रम ९९ फरेनहाइट भन्दा बढी           रहेछ भने घर मै बस्ने अथवा डाक्टरलाई देखाउने ।.र
१८.    विक्रेता र उपभोक्ता दुवैले साथमा स्यानीटाइजर साथमा राख्ने । विक्रेताहरुले र वर्कशपहरुले  अगाडी ढोकामा नै स्यानीटाइजर राख्ने                 व्यवस्था गर्ने ।

प्रतिक्रिया दिनुहोस