aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दी नेपाल डिष्टिलरीजको सामाजिक पहलः खाँचोमा परेकालाई राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
दी नेपाल डिष्टिलरीजको सामाजिक पहलः खाँचोमा परेकालाई राहत

काठमाडौं । विश्व यति बेला कोरोना भाइरस (कोभिड–१९) को महामारीमा छ । यस्तो बेलामा जो कोहीलाई पनि सहयोगी हात र सहयोगी मनहरूको जरुरत पर्नसक्दछ । वास्तवमा नै अप्ठ्यारोमा परेकाहरुका लागि यस्तो बेला सानो पहलबाट पनि ठूलो सहयोग पुगिरहेको हुन्छ ।

यसै कुरालाई मध्यनजर गर्दै दी नेपाल डिष्टिलरीजले आफ्नो सामाजिक पहलअन्तर्गत एउटा बिल्कुलै नयाँ अवधारणा अगाडि सारेको छ । विशुद्ध सेवाभावका हेतुले कम्पनीले ल्याएको यो नयाँ योजना अनुसार सहयोगी मन हुनेहरूले आफू, आफ्ना प्रियजन तथा जो कसैले पनि गरेको सेवाभावको कार्यलाई तस्विर वा भिडियो, जानकारी सहित आफ्नो फेसबुकमा ३तजभलभधदचबखभ  लेखी शेयर गरेर अरुलाई पनि प्रोत्साहित गर्न सकिन्छ ।

यसरी पोष्ट गर्दा दी नेपाल डिष्टिलरिजले आफ्नो तर्फवाट हरेक पोष्ट बराबर रू.१००० का दरले रकम जम्मा गरी २ हप्तापछि खाँचोमा परेकालाई खाद्यान्न तथा औषधीजन्य सामाग्री उपलब्ध गराउने छ । दी नेपाल डिष्टिलरिजलको समाजिक पहल अन्तर्गत शुरु गरिएको यो योजनामा सहभागीभई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो शुरुवात वाट धेरैले लाभ लिन सक्नेछन् ।

यो योजना अनुरुप जतिधेरै मानिसले फोटो वा भिडियो पोष्ट गर्यो त्यति नै बढी रकम दी नेपाल डिष्टिलरीजका तर्फवाट जम्मा हुन जान्छ । जुन रकम वास्तविकरुपमा खाँचोमा परेका हरुले प्राप्तगर्ने मौका पाउँछन् । यसर्थ दी नेपाल डिष्टिलरीजको यो पुनित योजनामा सहयागी बनौं–वास्तवमै खाँचोमा परेकाहरुको खाँचो टार्न सहयोग गरौं ।

दी नेपाल डिष्टिलरीजले भनेको छ, ‘वीरताको अर्थ के हो ? आफूसँग कम हुँदापनि बाँड्न सक्नु, सानो भएपनि बाँड्न सक्नु, सानो भएपनि भिन्नता ल्याउनु, आफूसँग केही नहुँदा पनि अरुलाई सहयोग गर्नु, कसैलाई साथ दिनु, अटल भएर विश्वास गर्नु, निश्वार्थी भएर अरुलाई सहयोग गर्नु र अरुको हेरचाह गर्नु वीरता हो ।’ यही महान उद्देश्यवाट पे्ररित भइ कम्पनीले यो योजना ल्याएको हो ।

 

प्रतिक्रिया दिनुहोस