
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सगरमाथा इन्स्योरेन्स कम्पनीले १७ करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्ष १७ करोड १९ लाख १४ हजार रुपैयाँ रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १ दशमलव २९ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीले २९ करोड ५५ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ ।
आम्दानी भने गत वर्षभन्दा २ दशमलव ४२ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले आम्दानी २८ करोड ८५ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको छ ।यस वर्ष कम्पनीको चुक्तापूँजी ८६ प्रतिशत बृद्धि भएको हो । यो वर्ष कम्पनीले ८६ प्रतिशत बोनस शेयर वितरण गरेको हो । जगेडा कोष रकम भने ५० दशमलव ७४ प्रतिशत घटेर ३४ करोड ४७ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै बीमा कोष रकम २७ प्रतिशत बढी ६२ करोड १३ लाख ५२ हजार रुपैयाँ छ ।
यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिमा १ अर्ब ५८ करोड ९४ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यो कम्पनीले यस वर्ष१ अर्ब ७० करोड २७ लाख ८९ हजार रुपैयाँ गरेको छ । यस वर्ष १ लाख १४ हजार २६६ नयाँ बीमालेख कम्पनीले जारी गरेको छ ।
गत वर्ष ६५ करोडभन्दा बढी दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ८० करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी २३ दशमलव २९ र प्रतिशेयर रुपैयाँ नेटवर्थ २०७ दशमलब ६५ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस