
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जनउत्थान सामूदायिक लघुवित्त , सप्तकोशी डेभलपमेण्ट बैंक र हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयरमा मूल्य समायोजन गरेको हो । सप्तकोशीको २५ प्रतिशत बोनस पश्चात नेप्सेले १ हजार ५ सय १२ रुपैयाँप्रतिशेयर मूल्य तोकेको छ ।
त्यस्तै सप्तकोशीको ६ प्रतिशत बोनस शेयरपछिको प्रतिशेयर मूल्य १०८ रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिशेयर ३२२ रुपैयाँ तोकेको छ । सप्तकोशीले आगामी साधारण सभा र लाभांश प्रयोजनका लागि गत चैत १७ देखि चैत ३० गतेसम्म बुक क्लोज गरेको छ ।
हिमालयन जनरलले साधारण सभा र लाभांश प्रयोजनको वैशाख १२ देखि २९ गतेको बुक क्लोजको मिति तोकेको छ । भने जनउत्थान सामूदायिक लघुवित्तले गत चैत १४ गते एक दिन बुक क्लोजको मिति तय गरेको थियो ।
कोरोना संकमणका कारण गत चैत १० गतेदेखि बन्द रहेको शेयर बजार मंगलवारदेखि खुल्दैछ । यस आधारमा चैत ९ गतेसम्म कारोबारमा रहेका शेयरधनीहरुले यी कम्पनीहरुको लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस