
कठमाडौं । एनआईबीएलको अर्को म्युचुयल सहभागिता फण्डकोे निष्कासन भएको छ । प्रति इकाइ मूल्य रु १० दरको पाँच करोड इकाईमध्ये बीज पूँजी बापत दशलाख एकाइ योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेडले विक्रि गर्ने भएको हो ।
प्रथम चरणमा सर्वसाधारणकालागि एक करोड पच्चीसलाख एकाई स्वीकृत वितरण पुस्तिकाको सर्त अनुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।
दरखास्त दिन पाउने न्यूनतम इकाई संख्या १०० छ भने अधिकतम इकाई संख्या २,५०,००० एकाई गर्न पाउने छन् । त्यस्तै दरखास्तसा भुक्तानी गर्नुपर्ने रु १० प्रतिइकाइका दरले जेठ १९ गतेबाट खरिद गर्न सकिने छ भने खरिद बन्दहुने छिटोमा जेठ २२ गते र ढिलोमा ०७६ असार १६ गते सम्म बन्दहुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस