aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु लाईफको नाफा ५ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
प्रभु लाईफको नाफा ५ करोडभन्दा बढी

 काठमाडौं । नयाँ जीवन बीमा कम्पनीको रूपमा सञ्चालित प्रभु लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  ५ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा गत वर्ष यसै अवधिसम्म  ३ करोड ८० लाख रुप्रयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ४५ दशमलव ७० प्रतिशत बढी भएको हो । 

हाल १अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीले सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरिसकेको छ । आईपीओको रेटिङ प्रकृया सम्पन्न गरिसकेको यस कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ११५ दशमलव ७० प्रतिशत बढी कायम भएको छ । गत वर्ष  ७ करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम यस वर्ष  १५ करोड ८८ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।

कम्पनीको जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १७५ दशमलव ६५ प्रतिशत बढी रहेको छ । गत वर्ष  २२ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको जीवन बीमा कोष रकम यस वर्ष  ६२ करोड ६१ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।  

गत वर्षभन्दा १०५ दशमलव ५० प्रतिशत  ५२ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष १०७ प्रतिशत बढी १ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीमा हाल ४८ हजार १३७ बीमालेख कायम छ ।

प्रतिक्रिया दिनुहोस