aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरियामा एक नेपालीको मृत्यु

  • रासस
    रासस
  • शुक्रबार, ०२ जेठ २०७७
कोरियामा एक नेपालीको मृत्यु

काठमाडौं । अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको  मङ्गलबार मृत्यु भएको छ । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो दिन साँझ मृत्यु भएको हो ।
 ्
सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए ।

उक्त कम्पनीमा थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए । थापाको शव ख्यङ्जु नजीकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र शव व्यवस्थापनबारे परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताए ।

प्रतिक्रिया दिनुहोस