
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोहि अवधिसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १२ दशमलव ६५ प्रतिशत बढी खुद नाफा गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मकोे वित्तीय विवरण अनुसार यस वर्ष १० करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यो नाफा गत वर्ष यस अवधिसम्म १० करोड ७१ लाख रुपैयाँभन्दा बढी थियो ।
गत वर्षभन्दा यस वर्ष तेस्रो त्रैमासम्ममा कम्पनीले १७ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म ८ अर्ब ८३ करोड ५१ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको कम्पनीले यस १० अर्ब ३७ करोड ९४ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको हो ।
चालू आवको तेस्रोे त्रैमाससम्म कम्पनीमा ७ लाख ३८ हजार २९३ बीमालेख कायम रहेको छ । गत वर्ष ११ हजार ४१७ जनालाई २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको यस कम्पनीले यस वर्ष ११ हजार ९२१ जनालाई २ अर्ब ७६ करोड भन्दा रुपैयाँ बढी दाबी भुक्तानी गरेको छ ।
यस वर्ष ३४ दशमलव ४७ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी २ अर्ब १ करोड रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा १३ प्रतिशत कम रू. ५० करोड ६१ लाख कायम भएको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम ५८ करोड ३५ लाख रुपैयाँ थियो । जीवन बीमा कोष रकम गत वर्षभन्दा २३ दशशमलव ६६ प्रतिशत बढी ६३ अर्ब ६७ करोड ५० लाख रुपैयाँपुगेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ३५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३६ दशमलव ९० रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस