aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मारुती सुजुकी इण्डियाले लकडाउनको बीचमा ५ हजार कार विक्री गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
मारुती सुजुकी इण्डियाले लकडाउनको बीचमा ५ हजार कार विक्री गर्यो

एजेन्सी । लकडाउनको बीचमा नै भारतको मारुति सुजुकीले अहिलेसम्म ५००० कारहरू विक्रि गरेको छ । अटो कम्पनीहरूले सामाजिक दुरी गर्दै उत्पादन र शोरूम खोल्ने अनुमति पाएका थिए । 

मारुति सुजुकीले ग्राहकहरुलाई अनलाइन बुकिंग र होम डेलिभरीको सुविधा दिईरहेको छ ।  कम्पनीले आफ्ना सबै प्लान्ट र शोरूमहरूको लागि एक स्टयाण्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेको थियो । 

लकडाउडको बीचमा कम्पनीले ग्राहकहरूलाई शोरूममा आउनुको सट्टा डिजिटल प्रक्रियामा बसेर घरबाट कारहरू किन्न सहयोग सहयोग गरिहेको छ । लकडाउनमा पनि स्यानिटाइजरले सफा गरेका कारहरु ग्राहकहरुका घर पुग्दै छन । 

मारुती सुजुकीको भारतभर १३५० वटा शोरूम र ३०० आउटलेटहरू छन । जहाँ मानक अपरेटिंग प्रोसिजर (एसओपी) लाई ध्यानमा राख्दै काम भइरहेको छ । सबै शोरूमहरूमा सामाजिक दूरीको नियम पालना गरिएको छ । शोरूमको भित्र र बाहिर निरन्तर सरनिटाइजेशन गर्ने गरेका छन ।

मारुती सुजुकीको मानेसर प्लान्टमा मे १२ देखि उत्पादन शुरु भएको छ । मारुति सुजुकी इण्डियाका सीईओ केनिची आयुकावाका अनुसार लकडाकको बीचमा कारको होम डेलिभरी सेवा गर्न पाउँदा हामी खुसी छौं। ग्राहकहरू घरैमा बसिरहेका बेलामा कारहरू खरीद पाइरहनु भएको छ र कम्पनीले उहाँहरूलाई सबै नियमहरू पालना गर्दै घरमै कार पाइरहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस