aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्राइम लाफको नाफा १८ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
प्राइम लाफको नाफा १८ करोडभन्दा बढी

 काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको नौं महिना अर्थात तेस्रो त्रैमाससम्ममा  १८ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १६ करोड ३९ लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ११ दशमलव ६५ प्रतिशत बढी भएको हो । 

गत वर्षभन्दा यस वर्ष प्राइमले करिब १६ प्रतिशत बढी आम्दानी गरेको छ । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले  २६ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष  ३० करोड ६५ लाख रुपैयाँ गरेको छ । यस वर्ष कम्पनीले २ अर्ब २६ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्ष सोहि अवधिसम्म  १ अर्ब ९४ करोड २६ लाख  रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष १६ दशमलव ३७ प्रतिशत बढी बीमाशुल्क आर्जन भएको कम्पनीको वित्तीय विवरणले देखाउँछ ।

हाल कम्पनीमा ३ लाख ३४ हजार ६२४ बीमालेख कायम रहेको छ । हालसम्म कम्पनीले १६ लाख ९९ हजार ६८३ बीमालेख जारी गरेको जानकारी दिएको छ । गत वर्ष  ३४ करोड ८६ लाख रुपैयाँँ कुल दाबी भुक्तानी गरेको प्राइमले यस वर्ष ५० करोड ३६ लाख रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ को लागि १२ दशमलव ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको यस कम्पनीको चुक्तापूँजी हाल रू. २ अर्ब ७९ लाख ३९ हजार रहेको छ । आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट पनि यस कम्पनीले १२ दशमलव ५ प्रतिशत बोनस दिएको थियो ।

 कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ५ दशमलव ११ प्रतिशत कम  १ अर्ब ५ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । यो रकम गत वर्ष तेस्रो त्रैमाससम्ममा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ थियो । जीवन बीमा कोष रकम गत वर्षको तुलनामा ३० दशमलव ८४ प्रतिशत बृद्धि देखिएको छ । गत वर्ष यस अवधिसम्म  ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको जीवन बीमा कोष रकम यस वर्ष  १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ । 

गत वर्ष दिर्घकालिन लगानी तथा कर्जा  ७ अर्ब ९३ करोड ९८ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो भने यस वर्ष ९ अर्ब ४९ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो कर्जा प्रदान गरेको छ । बीमालेख धितोमा समेत कर्जा प्रवाह गर्दै आएको प्राइमले यस वर्ष  १ अर्ब १७ करोड ५१ लाख रुपैयाँभन्दा बढी यो कर्जा प्रवाह गरेको छ । गत वर्ष बीमालेख धितोमा ७९ करोड २३ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो । प्राइमको प्रतिशेयर आम्दानी रू. १२ दशमलव १६ र प्रतिशेयर नेटवर्थ १५९ दशमलव शून्य ६ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस