aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महालक्ष्मी लाईफका  कर्मचारीहरुको कोरोना बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
महालक्ष्मी लाईफका  कर्मचारीहरुको कोरोना बीमा

काठमाडौं । कोरोना भाइरस कोभिड १९ सम्बन्धीत महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना सबै कर्मचारीको बीमा गरेको छ । सरकारले तोकेको अत्यावस्यक सेवामा बीमा सेवा पनि पर्ने र कोरोनाको संभावित जोखिमबाट पिडित नेपालीहरुलाई राहत र सुरक्षित गर्न बीमा व्यवसाय गर्नु आवश्यक पनि देखिएको छ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबाट गरिएको कोरोना बीमाको  विमाङ्क रकम प्रति कर्मचारी एक लाखको रहेको कम्पनीले जनाएको छ ।  यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखार उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने कर्मचारीलाई बीमाबाट केहि सहज भएको कम्पनीले जनाएको छ । 

 विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी यस लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना देशभरीका ६० शाखारउपशाखा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ। 

प्रतिक्रिया दिनुहोस