aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हङकङबाट सिटी एक्सप्रेस मार्फत निःशुल्क रकम पठाउन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
हङकङबाट सिटी एक्सप्रेस मार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । हङकङको ख्याति प्राप्त KME Remittance लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार शुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले KME Remittance को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । 

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाईल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र KME Remittance लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेका थिए । 

सोमबार औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महा–बाणिज्य दूत कमलप्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटेन्स कारोबार शुरु गरिएको हो । साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निःशुल्क पठाउने व्यवस्था गरिएको छ र यो व्यवस्था ३१ मे २०२० सम्म लागु हुने कम्पनीले जनाएको छ । 

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस