aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जीवन बीमा कम्पनीको चुक्तापूँजी कुन कुनले पुर्याए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
जीवन बीमा कम्पनीको चुक्तापूँजी कुन कुनले पुर्याए

काठमाडौं । जीवन बीमा कम्पनीले  २ अर्ब चुक्तापूँजी रुपैयाँ कायम गर्नुपर्ने अवस्थामा पुराना जीवन बीमा कम्पनी ९ मध्य ६ कम्पनीले पु¥याएका छन् । बैंक तथा वित्तीय संस्थाहरुपछि बीमा कम्पनीहरुलाई पनि पूँजी बृद्धि गर्नुपर्ने व्यवस्था लागू भए बमोजिम कम्पनीहरुले हकप्रद र बोनस शेयर मार्फत तोके बमोजिम पूँजी कायम गरेका हुन । 

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले २०७५ असार मसान्तसम्म उक्त पूँजी कायम गरिसक्नुपर्ने समयसीमा तोके पनि राष्ट्रिय बीमा संस्थानको योजना भने अझै अन्योलमा रहेको छ । पूँजी कायम गर्न बाँकी मध्य गुराँस लाइफको योजना अनुसार पुग्ने निष्चित देखिएको छ ।

 हाल  ९३ करोड ८५ लाख रुपैयाँ चुक्तापूँजी रहेको गुराँस लाइफको शतप्रतिशत हकप्रद शेयर भने लकडाउनका कारण रोकिएको छ ।  चैत २० गतेदेखि निष्कासन सुरू गर्ने मिति तय गरेको भएपनि  लकडाउनका कारण रोकिएको हो । यस कम्पनीले हाल कायम चुक्तापूँजीकै आधारमा १३ दशमलव १० प्रतिशत बोनस दिने प्रस्ताव समेत गरेको छ । उक्त बोनस पश्चात भने गुराँस लाइफको पनि तोके बमोजिम पूँजी कायम हुनेछ । 

सरकारी स्वामित्वमा रहि हालसम्म सर्वसाधारणलाई शेयर जारी नगरेको राष्ट्रिय बीमा संस्थानको पूँजी बृद्धि योजना भने अन्योलमा रहेको छ । जीवन बीमा कम्पनीहरुमध्य सबैभन्दा कम चुक्तापूँजी  १८ करोड १० लाख रुपैयाँ भएको राष्ट्रिय बीमा संस्थानको धेरै वर्षहरुको वार्षिक लेखापरिक्षण सम्पन्न गर्न बाँकी रहेकाले योजना अन्योलमा परेको हो । आर्थिक वर्ष २०६५/६६ सम्मको मात्र वित्तीय विवरण साधारण सभा मार्फत पारित गराएको कम्पनीले त्यस पछिका वित्तीय विवरणहरु पारित गराउन बाँकी छ । 

कम्पनीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१/७२ सम्मको वार्षिक लेखापरिक्षण सम्पन्न भैसकेको छ । पछिल्लो वित्तीय अवस्थाका आधारमा पूँजी बृद्धिको योजना तय गरिने कम्पनीले जानकारी दिएको छ । नौं जीवन बीमा कम्पनीहरुमध्य एक मेट लाइफ भने अमेरिकन विदेशी कम्पनीको शाखा हो । विदेशी कम्पनीको शाखाको हकमा भने चुक्तापूँजी बराबरको रकम छुट्टै कोषमा व्यवस्था गर्नुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस