aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

३ सय स्थानीय तहमा भूमी बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
३ सय स्थानीय तहमा भूमी बैंक

काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले भूमी बैंक स्थापना गर्ने भएको छ । सरकारले बाझो रहेको जमिनलाई सदुपयोग गर्न उक्त नीति लिन लागेको हो । उक्त कार्यको लागि सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुतीको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएको छन् । 

सबै कृषकलाई सरकारले किसान क्रेडिट कार्ड दिने भएको छ । सामूहिक शित भण्डारणलाई मात्र अनुदान दिने भएको छ । सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने गरिने भएको छ । चोभारमा फलफूल तथा हाटबजार सञ्चालन  गरिने छ । सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट विनियोजन गरिएको छ ।

फलफूलका विरुवा उत्पादन  गर्न १ करोड ५ लाख  विनियोजना गरिएको छ ।  कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरि उपलब्ध् गराएने । 
 

प्रतिक्रिया दिनुहोस