काठमाडौं । सरकारले कृषकहरुलाई मध्यनजर गर्दै आगामी बर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने भएको छ । यसका लागि सरकारले सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने ।सामूहिक शित भण्डारणलाई मात्र अनुदान दिने भएको छ ।
चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने, कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने, कृषि क्रेडिटकार्ड वितरण गर्ने , संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बैक स्थापना गर्ने लगाएतका कार्यक्रम ल्याउने भएको छ । साथै सरकारले सिचाइको लागि ठुलो रकम बिनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस