aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विद्युतीय सवारी साधानलाई प्रोत्साहन, कर र रुट दस्तुर छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
विद्युतीय सवारी साधानलाई प्रोत्साहन,  कर र रुट दस्तुर छुट पाउने

काठमाडौं । सरकारले विद्युतीय सवारी साधान प्रोत्साहन गर्ने भएको छ । बिहीबार सार्वजनिम भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले शहरी क्षेत्रको ट्राफिक चापलाई व्यवस्थापन गर्न विद्युतीय सवारी साधानलाई नीतिगत छुटको व्यवस्था गरेको छ । 

 यात्रुलाई सुरक्षित एवं सुविधायुक्त सेवा प्रदान गर्न ठूला क्षमताका विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालनलाई प्रोत्साहित गरिने बताएका हुन । विद्युतीय सवारी साधन चार्जिङ स्टेसन स्थापना गरिने र सार्वजनिक यातायातलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सार्वजनिक यातायात प्राधिकरण बनाइने बताएका छन् । 

त्यस्तै विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र जारी गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । आधुनिक प्रविधिको प्रयोग गरी सवारी साधन अवस्थिति अनुगमन गरिनेछ। सवारी साधनको दर्ता प्रणालीलाई अन्तर्राट्रिय स्तरको बनाउन इम्बोइष्ड नम्बर प्लेट वितरण गरिनेछ । 

कोरोना संक्रमण जोखिमको कारण आवागमन प्रभावित हुँदा यातायात व्यवसायलाई परेको असर न्यूनिकरण गरी पुनः सञ्चालन गर्न बैंक कर्जामा सहुलियत, कर छुट र रुट इजाजत दस्तुर छुट पाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस