aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब युट्यवमा हेर्नुहोस् ‘दुई रुपैयाँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ जेठ २०७६

काठमाडौं । सोसल मिडियामा सबै भन्दा धेरै रुचाइएको गीत ‘कुटुमा कुटु सुपारी दाना’ समावेश गरिएको फिल्म ‘दुई रुपैयाँ’ युट्युवमा सार्वजनिक गरिएको छ । यो फिल्म २०१७ मा दर्शकमाझ रिलिजमा आएको थियो । फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल बनेको थियो ।

कमेडी र एक्शन जन्रामा निर्माण गरिएको यो फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेतले निर्माण गरेका हुन् ।

फिल्म ‘दुर्इ रुपैँया’लाई शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । फिल्ममा निश्चल बस्नेत, असिफ शाह, बुद्धी तामाङ, रबिन्द्र झा, राजन इशान, मेनुका प्रधानलगायत कलाकारको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस