aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनिभर्सल पावर कम्पनीको नाफा ४ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
युनिभर्सल पावर कम्पनीको नाफा ४ करोडभन्दा बढी

काठमाडौं । युनिभर्सल पावर कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण जारी लकडाउनका कारण वित्तीय विवरण सार्वजनिक गर्न ढिलाई भएको हो । यस वर्ष तेस्रो त्रैमाससम्म ४ करोड २३ लाख ८२ हजार रुपैयाँ खुद नाफा गर्न कम्पनी सफल भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४२ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष करिब १० गुणा बढी खुद नाफा गर्न कम्पनी सफल भएको हो । 

आयोजना निर्माणधिन अवस्थामा रहेको यस कम्पनीले हालसम्म विद्युत विक्रीबाट आम्दानी नगरेपनि अन्य शिर्षकमा  ६ करोड २० लाख ८९ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष यो आम्दानी पनि ५ गुणाभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड १० लाख ७१ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । 

यस कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणको अन्तिम चरणमा रहेको कम्पनीको भनाई छ । साथै कम्पनीले ४५ मेगावाट क्षमताको कुसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता समेत गरिसकेको छ । हाल २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ छ । 

आयोजना निर्माणका लागि कम्पनीले लिएको दिर्घकालिन बैंक ऋण चालू आवको तेस्रो त्रैमाससम्म  १ अर्ब १८ करोड ६६ लाख १० हजार रुपैयाँ छ । वार्षिक  २ दशमलव ६९ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव १३ रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस