
काठमाडौं । आर्थिक वर्ष २०७७ र ७८ को बजेट सार्वजनिक हुनुभन्दा केहि दिन पहिला व्यापारीलाई अर्थमन्त्रालयले सूचना चुहाएर भन्सारबाट विद्युतीय सवारी गाडी प्रवेश गराइएको छ ।
सोमबार आर्थिक वर्ष २०७७र७८ मा उठेका प्रश्नको छलफलमा संघीय संसदमा सांसद भरतकुमार शाहले बजेट सार्वजनिक हुनुभन्दा केहि दिन पहिला मात्र १५० वटा विद्युतीय सवारीका साधन विरगञ्ज भन्सारबाट नेपाल प्रवेश गराइएको आरोप लगाएका छन् ।
भन्सारबाट सवारी साधन ठूलो संख्यामा छुटेको विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक हुनुपूर्व गाडीदेखि अन्य सामाहरु पनि अनुमानका आधारमा छुट्ने गरेको बताएका छन् ।
बजेटका बारेमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै विद्युतीय गाडीहरुको एक करोडको गाडी खरिद गरेर केहि रकम विद्युतबाट बचाउने उद्देश्यले विदेशी ठूलो रकम खर्च गर्न नसक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस