
काठमाडौं । सवारी साधन नविकरण गर्न पर्ने सवारी धनीहरुलाई लकडाउन भएको अवधिमा विलम्व शुल्क नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
अढाई महिनादेखि लकडाउन भएको अवधिमा सवारी साधन धनीहरुले आफ्ना सवारी साधन नविकरण गर्न नसकेकाहरुलाई जरिवाना नलाग्ने यातायात व्यवस्था कार्यालयका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
सरकारले लकडाउनको अवधि समाप्त गरेको १५ दिनभित्र सवारी लाग्ने विभिन्न कर तिरेमा थप कर नलाग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस